
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा विभिन्न सरकारी निकायबाट लुटिएका सामान फिर्ता गर्न सरकारी निकायहरूले आह्वान गरेका छन् ।
संघीय संसद सचिवालयदेखि सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लगानी बोर्डको कार्यालयलगायतले सूचना प्रकाशित गर्दै लुटिएका सामान फिर्ता गर्न आह्वान गरेका छन् ।

साथै, विभिन्न स्थानिय तह तथा प्रादेशिक कार्यालयहरूले पनि लुटिएका सामानहरू फिर्ता गर्न सूचना जारी गरेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि मंगलबार चोरि भएका तथा हराएका सामान बुझाउन भन्दै सूचना जारी गरेको छ ।

भदौ २३ तथा २४ गतेको आन्दोलनमा विभिन्न सरकारी कार्यालयबाट कम्युटर, ल्यापटप, प्रिन्टर, टिभीदेखि सवारी साधन समेत चोरी भएका थिए ।
सरकारी कार्यालयहरू यस्ता सामग्रीहरू सम्बन्धित सरकारी निकायमा वा सुरक्षा निकायमा बुझाएर सहयोग गरिदिन आग्रह गरेको छ । साथै, कसैले यसरी भएको चोरीको विषयमा जानकारी दिएमा उनीहरूको परिचय पनि गोप्य राखिने भनिएको छ ।
हेर्नुहोस विभिन्न निकायले जारी गरेका सूचना

