
काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रूपमा टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् ।
सोमबार शीतल निवासमा शपथ ग्रहणपश्चात सिंहदरबार पुगेर पदभार ग्रहण गरेका खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भनेका छन्, ‘अबको प्राथमिकता युवाको माग पुरा गर्नु हो । निर्वाचन गर्नुछ । त्यसैले खर्च कटौती गर्ने निर्णय गरिएको छ ।’
पदभार ग्रहणका लागि अर्थ मन्त्रालय पुगेका खनाललाई कर्मचारीहरूले स्वागत गरेका थिए ।
Facebook Comments