
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्का तीन मन्त्रीहरूले आज ११ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
ऊर्जा तथा जलस्रोतका साथै भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयमा कुलमान घिसिङ, अर्थ मन्त्रीका रूपमा पूर्व अर्थसचिव रामेश्वर खनाल र गृह मन्त्रीका साथै कानुन मन्त्रीका रूपमा ओमप्रकाश अर्यालले आज ११ बजे शपथ लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्कीले हिजो आइतबार तीन जनालाई आफ्नो मन्त्रिपरिषदमा सामेल गराउने निर्णय गरेकी थिइन् ।
शपथ ग्रहण कार्यक्रम शितल निवास प्रांगढमा टेन्ट मुनि गर्ने तयारी रहेको छ ।
Facebook Comments