
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीले निजी क्षेत्रलाई ढाडस दिएकी छन् ।
जेन जी आन्दोलनका क्रममा उद्योग र उद्योगीका घरहरु जलेपछि उनले उद्योगीहरुलाई राज्यले विचार गर्ने बताएकी हुन् । प्रधानमन्त्री कार्की अनुसार उद्योगी, व्यवसायीहरुको सम्पत्ती आन्दोलनका नाममा जलाइएको छ ।

‘जसरी उभिन्छौं, उभिउ भनेर सोच्न भएन कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन् । राज्यले उनीहरुलाई उठाउन विचार गर्छ ,” उनले भनिन्, ‘उठ्छु भनेर अठोट गर्नेलाई धन्यवाद राज्यले गर्ने सहयोग विचार गरेर गर्छ ।‘

जेनजी आन्दोलनका क्रममा व्यापारीहरुको सम्पत्ती समेत जलाउने काम भएको छ । होटल.स्टोर, गाडीका शोरुमहरु जलाउने काम भएका छन् ।
उद्योगीलाई प्रधानमन्त्री कार्कीले दिइन् ढाडस- उठ्नै नसक्ने अवस्थामा पुगेकालाई राज्यले सहयोग गर्छ









