Nepal Purbadhar

आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधनले क्षतिपूर्ति पाउने


काठमाडौं । दशै, तिहारलगायत चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसन लगायत सङ्घ संस्थाका प्रतिनिधि सहभागी थिए ।

बैठकले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुहरुलाई सहजै गन्तव्य स्थलसम्म जान सक्ने गरी यातायातको व्यवस्थापन थर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारी साधनहरु एवं कार्यालयहरुको एकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामाग्रीहरु सवारीसाधनहरुबाट ओसार पसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्नेलगयतका निर्णय भएका छन् ।

Facebook Comments

Read Previous

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा

Read Next

निजी क्षेत्रलाई प्रधानमन्त्री कार्कीले दिइन् ढाडस- उठ्नै नसक्ने अवस्थामा पुगेकालाई राज्यले सहयोग गर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar