
काठमाडौं । अमेरिकाले नेपालमा उत्पन्न भएको राजनीतिक अन्योलताका बीच राष्ट्रपति र प्रधानसेनापतिले खेलेको भूमिकाको प्रशंसा गर्दै अन्तरिम सरकार गठनको निर्णयलाई स्वागत गरेको छ ।
नेपालस्थित अमेरिकी दुतावासले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री पदमा नियुक्त भएकी सुशीला कार्कीलाई बधाई पनि दिएको छ । दुतावासले भनेको छ, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सम्माननीय सुशीला कार्की नियुक्त हुनुभएको छ। गत हप्ताको दुखद घटनाहरूपछिको शान्तिपुर्ण समाधानको हामी स्वागत गर्दछौं।’
दुतावासले लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा पनि गरेको बताएको छ भने यो दुखद समयमा नेपालसँग शोकमा साथ रहेको जनाएको छ ।
साथै, दुतावासले नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपुर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गरेको बताएको छ ।
दुतावासले भनेको छ,’अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा हामी नेपालसँग सहकार्य गर्न तयार छौं।’
यस्तो छ दुतावासको विज्ञप्ती










