Nepal Purbadhar

नवनियुक्त प्रधानमन्त्री कार्कीलाई चीनको बधाई


काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई चिनियाँ विदेश मन्त्रालयले बधाई दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आइतबार नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश दिएका हुन् । मन्त्रालयले भनेको छ, ‘चीनले नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री बन्नुभएकोमा सुश्री सुशीला कार्कीलाई बधाई छ । चीन र नेपालको मित्रता पुरानो र ऐतिहासिक छ ।’

साथै मन्त्रालयले चीनले नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने रदुई देशबीचको आपसी सहयोग र द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने समेत बताएको छ ।

Facebook Comments

Read Previous

अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिपरिषद विस्तारको तयारी

Read Next

अन्तरिम सरकार गठनको निर्णयलाई अमेरिकाको स्वागत, राष्ट्रपति र प्रधानसेनापतिको प्रशंसा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar