Nepal Purbadhar

देशले पायो पहिलो महिला प्रधानमन्त्री


काठमाडौं । सर्वोच्च अदालतको पूर्व प्रधानन्यायधीश सुशिला कार्कीलाई आजै सरकार प्रमुख बनाउने गरी सहमति भएको छ ।

शुक्रबार शितलनिवासमा कार्कीलाई प्रधानमन्त्री बनाउन सहमति जुटेको हो । प्रतिनिधी सभा विघटन गर्ने सहमति भएपछि उनी प्रधानमन्त्री बन्ने भएकी हुन् ।

सुशिला कार्की प्रधानमन्त्री भएपछि संसद विघटन गर्ने अडानबाट राष्ट्रपति रामचन्द्र पौडले ब्याक भएका छन् । युवाहरुको दबाब थेग्न नसकेर उनी आफ्नो अडानबाट पछि हटेका हुन् । स्रोतका अनुसार अहिले शितल निवासमा संसद विघटन गर्ने र कार्कीलाई प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ । उनलाई आजै सपथ खुवाउने तयारीमा शितल निवास लागेको छ ।

Facebook Comments

Read Previous

राष्ट्रपति भवन शीतल निवासको सुरक्षा व्यवस्थामा कडाइ

Read Next

६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar