
काठमाडौं । जनेजी पुस्ताले सोमबार गरेको आन्दोलनमा सरकराले गरेको दमनका विरुद्ध मंगलबार बिहानैबाट आन्दोलन सुरू भएको छ ।

सोमबार जेनजी पुस्ताले काठमाडौंसहित देशैभरका विभिन्न स्थानमा भ्रष्टाचारका विरुद्धमा सरकारको जवाफदेहिताको माग गर्दै आन्दोलन गरेको थियो । तर, सरकारले उक्त आन्दोलनमा अत्याधिक बल प्रयोग गर्दा १९ जनाको मृत्यु समेत भएको थियो ।

उक्त घट्ना पछि मंगलबार काठमाडौंसहित देशैभरका विभिन्न ठाउँमा आन्दोलन सुरू भएको छ । काठमाडौंका कलंकी र जोरपाटीलगायतका क्षेत्रमा आन्दोलन सुरू भएको छ ।













