
काठमाडौं । काठमाडौंको माइतीघरमा सुरु भएको जेनजी पुस्ताको आन्दोलन बानेश्वरस्थित संसद् भवन अगाडि पुगेको छ ।

बानेश्वर क्षेत्रमा प्रहरीले राखेको सुरक्षा घेरा तोड्ने प्रयासका बीच उनीहरु अघि बढेर संसद भवन अगाडि पुगेका हुन् ।

जनेजी पुस्ताले सोमबार भष्टाचार तथा सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्धमा आन्दोलन गरिरहेको छ ।

उनीहरुले आफूहरूले तिरेको कर कहाँ गयो? सरकारले जवाफदेहिता देखाउन मागलगायतका विषयमा विभिन्न नारासहित प्रदर्शन गरिरहेका छन् ।

Facebook Comments