
काठमाडौं । पशुपती आइरन तथा स्टिल प्रालिले ९ महिनामा २ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ ।
‘पशुपति टिएमटी बार’ ब्रान्ड नाममा आफ्ना उत्पादनहरूको बिक्री वितरण गरिरहेको यो कम्पनीले २०२५ को ९ महिनामा २ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो ।
यसअघिका वर्षहरूमा हेर्दा २०२४ मा कम्पनीको व्यापार २ अर्ब ७८ करोड ७० लाख रुपैयाँको भएको थियो भने २०२३ मा ४अर्ब ६८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
त्यस्तै, २०२२ मा कम्पनीको व्यापार ४ अर्ब २० करोड २० लाख रुपैयाँको भएको थियो भने २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँको व्यापार भएको थियो ।
२०२५ को ९ महिनामा कम्पनीको व्यापार २ अर्ब ३६ करोड २० लाख रुपैयाँ भइरहँदा ओपिबिआइडिटिए मार्जिन भने ३.३ प्रतिशत कायम भएको छ ।
१९८३ मा स्थापना भएको यो कम्पनी आइरन र स्टिलका उत्पादन गर्छ । सुनसरीमा उत्पादन कारखाना रहेको कम्पनीसँग वार्षिक रुपमा १ लाख १० हजार मेट्रिक टन टिएमटी बार उत्पादन गर्ने क्षमता रहेको छ । ८ करोड रुपैयाँको चुक्तापुँजी रहेको कम्पनीको स्वामित्व भने अशोक मुरारका, प्रदिप मुरारका, पशुपति मुरारका र महेश कुमार मुरारकासँग बराबर रहेको छ ।
हालका लागि भने यो कम्पनीले २ अर्ब ४० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई २ अर्ब ४० करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।