
काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुदेश खालिङ पुन: दोहोरिएका छन् ।
उनी ४ वर्षे कार्यकालका लागि पुन नियुक्त भएका हुन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले उनलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो। असोज ८ गतेदेखि उनको दोस्रो कार्यकाल सुरु हुनेछ ।
उनी एभरेष्ट बैंकमा पहिलो नेपाली सीईओ हुन् । खालिङसंग बैंकिङ क्षेत्रमा काम गरेको झण्डै ३ दशकको अनुभव छ ।
Facebook Comments