
काठमाडौं । स्टार हस्पिटल लिमिटेडले ९ महिनामा २१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।
यो हस्पिटलले २०२५ को ९ महिनामा २१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो । यसअघि २०२४ मा ३५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो भने त्यसअघि २०२३ मा ४३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२०२२ मा हस्पिटलको कमाई ७४ करोड ९० लाख रुपैयाँ रहेकोमा त्यसअघि २०२१ मा ९० करोड ५० लाख र २०२० मा २३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।
कम्पनीको आम्दानीमा २०२१ यता निरन्तर गिरावट आइरहँदा मार्जिनमा पनि कमि आएको छ । कम्पनीको ओपिबिडिआईटिए मार्जिन २०२१ मा १३.५ प्रतिशत कायम भएकोमा २०२२ मा १२.७ प्रतिशत, २०२३ मा नकरात्मक १८.६ प्रतिशत, २०२४ मा नकरात्मक ८ प्रतिशत र २०२५ को ९ महिनामा भने नकरात्मक ०.७ प्रतिशत कायम भएको छ ।
२००७ मा स्थापना भएको स्टार हस्पिटल लिमिटेडले ललितपुरको सानेपामा सोही नाममा १०० श्ययासहितको अस्पताल सञ्चालन गरिरहेको छ । २०१० मा पब्लिक कम्पनीमा रुपान्तरण भएको यो कम्पनीमा हाल १३ प्रतिशत सेयर स्वामित्व हिमालयन एभरेष्ट इन्सुरेन्सको छ भने त्यससँगै ३ हजार ८६० जना यसको सेयर लगानीकर्तामा रहेका छन् ।
कम्पनीको अध्यक्षका रुपमा भने राजेन्द्र शाक्य रहेका छन् ।
हालका लागि यो कम्पनीले ९० करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई ८५ करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एल डी र ५ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि डि रेटिङ दिएको छ ।