Nepal Purbadhar

तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्वाचित


काठमाडौँ । नेपाल तयारी पोसाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोसाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डीप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा वसन्तराज अधिकारी (हिमालयन कटन फेसन एन्ड ईन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भुपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाईटेड फेशन निटिङ्ग ई. प्रालि.) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् । साथै, कार्यसमिति सदस्यमा क्रमशः कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रा.लि), सुरेशमान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हिराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रित सदस्यमा सन्दीप पौडेल चयन भएका छन् ।

Facebook Comments

Read Previous

पाँच सामाजिक सञ्जाल मात्र चल्नेछन्, कुन कुन भए बन्द?

Read Next

खोलियो स्वेत भैरवका झ्यालहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar