Nepal Purbadhar

पाँच सामाजिक सञ्जाल मात्र चल्नेछन्, कुन कुन भए बन्द?


काठमाडौं । सरकारले बिहीबार नेपालमा सूचिकृत नभएका सामाजिक सञ्जालहरूको प्रतिबन्ध गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्बन्धित सरोकार वालासँगको बैठकबाट नेपालमा सूचिकृत नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

सञ्चार मन्त्रालयकाअनुसार हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, वीटक र ओपोलाइभ गरी पाँच वटा सामाजिक सञ्जालका प्लेटफर्म मात्रै नेपालमा सूचिकृत भएका छन् ।

यी बाहेकका सामाजिक सञ्जाल भने नेपालमा दर्ता भएका छैनन् ।

सञ्चार मन्त्रालयकाअनुसार टेलिग्राम र ग्लोबल लिंक दर्ता हुने प्रक्रियामा छन् भने अन्य सामाजिक सञ्जालहरु भने नेपालमा दर्ता भएका छैनन् ।

मन्त्रालयले हालका लागि यी सूचिकृत नभएका सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तीअनुसार सूचिकृत नभएका यी सामाजिक सञ्जाल नेपालभर नचल्ने गरी रोक लगाउने छ ।

यी सामाजिक सञ्जालहरू दर्ता भएर सूचिकृत हुन आएमा भने यीनिहरुलाई खुल्ला गरिनेछ ।

हालका लागि भने सरकारले प्रतिबन्ध गरेका प्लेटफर्महरूमा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलगायतका मेटाका सामाजिक सञ्जाल, युट्युबजस्ता अल्फाबेटका सामाजिक सञ्जाल, रेड्डिट, डिस्कर्ड, स्न्याप च्याट, मास्टर डन, क्लब हाउस, सम्ब्लर, थ्रेड, कोरा, वी च्याट, सिग्नल, लाइन, इमो, मि वी, रम्बल, हाम्रो पात्रोलगायत रहेका छन् ।

Facebook Comments

Read Previous

बन्द हुने भए सामाजिक सञ्जाल, सञ्चार मन्त्रालयले गर्यो यस्तो निर्णय

Read Next

तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपतिदेव पाण्डे पुनः निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar