Nepal Purbadhar

बन्द हुने भए सामाजिक सञ्जाल, सञ्चार मन्त्रालयले गर्यो यस्तो निर्णय


काठमाडौं । सरकारले सूचीकृत नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने भएको छ ।

बिहीबार सञ्चार मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो । मन्त्री पृथ्वीसुब्बा गुरुङका साथै मन्त्रालयका अधिकारी, नेपाल दूरसञ्चार प्राधिकरण, टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरु सहभागी बैठकबाट उक्त निर्णय लिइएको हो ।

मन्त्रालय स्रोतकाअनुसार आज रातीबाट नै सामाजिक सञ्जाल माथि प्रतिबन्ध गर्ने निर्णय लागु गर्न लागिएको छ ।

यसरी प्रतिबन्ध हुने सामाजिक सञ्जालहरूमा फेसबुक, ह्याट्सएप, रेड्डिट, अल्फाबेटलगायत रहेका छन् । मन्त्रालयले यसअघि बुधावारसम्म सूचिकृत नभएका सबै सामाजिक सञ्जाललाई दर्ता हुन आह्वान गरेको थियो ।


Read Previous

ऋणलाई अनुदान झैं बाँड्दा वित्तीय अनुशासन गुम्छ : मन्त्री खड्का

Read Next

पाँच सामाजिक सञ्जाल मात्र चल्नेछन्, कुन कुन भए बन्द?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar