
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नाडा अटोमोबाइल एशोसिएसन अफ नेपाललाई विशेष साधारणसभा रोक्न निर्देशन दिएको छ ।
नाडालाई पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले आवश्यक कागजातसहित ७ दिनभित्र उपस्थित हुन समेत निर्देशन दिएको छ ।
गैर कानुनी तरिकाले साधारण सभा बोलाउन लागिएको भन्दै भदौ १६ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रशासन कार्यालयले के कति कारणले विशेष साधरण सभा बोलाउन लागिएको हो ? जिल्ला प्रशासन कार्यालयमा पटक पटक विधान संशोधनको विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुका कारण के हो ? विशेष साधारण सभा बोलाउनका लागि गरिएका निर्णयसहित ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । साथै हाल गर्न लागिएको भनिएको साधारण सभा स्थगित गर्न समेत भनेको छ ।
CDO-Office-1-1
Facebook Comments