
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मार्दा ठूलो परिमाणमा नगद फेला परेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले छापा मारेको हो। ठूलो परिमाणमा नगद भेटिएका कारण गन्नलाई बैंकबाट मेसिन मगाइएको छ ।

नगद तीन करोड भन्दा बढी भएको र एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।





तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी
Facebook Comments