Nepal Purbadhar

वसन्तपुरमा इन्द्रजात्राको तयारी: मन्दिरको झार हटाइँदै


काठमाडौं । यही भदौ २१ गते मनाइने इन्द्रजात्राको तयारी अहिले धमाधम चलिरहेको छ । इन्द्रजात्राको मुख्य दिन राष्ट्र प्रमुख, सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले वसन्तपुर दरबार क्षेत्रमा पुगेर जात्रा अवलोकन गर्ने परम्परा छ।

यसका लागि वसन्तपुर क्षेत्र सिँगार्ने काम भइरहेको छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा पलाएको झार अहिले सफा गरिँदैछ । यसैगरी रंगोगन र सरसफाइको काम पनि जारी छ । माजु देग:, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा सफाइको काम चलिरहेको छ।

विश्व सम्पदा क्षेत्रका मन्दिरहरूमा झार पलाएको विषयमा नेपाल फोटो लाइब्रेरीले गत साता फोटो फिचर गरेको थियो ।

तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

स्याफ्रुवेशी–रसुवागढी सडकको टिमुरे सम्म यातायात संचालन

Read Next

चक्रपथमा निजी स्कुलका बसको र्‍याली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

Nothing found

Nepal Purbadhar