Nepal Purbadhar

डीडीसीमा किसान र प्रहरीबिच धकेलाधकेल


काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) मा दुग्ध उत्पादक किसान र प्रहरीबिच मुठभेड भएको छ ।

अखिल नेपाल किसान महासंघले नेपाली दुग्ध उत्पादक किसानहरूले आइतबार डीडीसीको लैनचौरस्थित कार्यालयमा धर्ना दिएका थिए । सोही क्रममा किसान र प्रहरीबिच धकेलाधकेल भएको हो ।

किसानहरूले विगत लामो समयदेखि दूध विक्री वितरणका क्रममा गम्भीर समस्या व्यहोर्नु परिरहेको र पटक-पटक दुग्ध विकास संस्थान लगायतका निकायलाई दूधको मूल्य भूक्तानीका बारेमा ध्यानाकर्षण गराउँदा समेत सम्बोधन नभएको भन्दै धर्ना दिएका हुन् ।

किसानहरूले ‘कृषकको पैसा नदिने डीडीसी पाल्न नसकिने’, ‘कर्मचारीलाई दिने थप सेवासुविधा बन्द गर्न’ तथा ‘दुधको भुक्तानी समयमा गर्न’लगायतका माग राख्दै धर्ना दिएका छन् ।

तस्बिर : सरोज साही / नेपाल फोटो लाइब्रेरी


Read Previous

सकारात्मक प्रभावको एक दशक: ‘एक एक पाइला’को अभियान १०औँ वर्षमा प्रवेश

Read Next

सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आज राजधानीमा विविध कार्यक्रम गरी मनाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar