Nepal Purbadhar

काठमाडौं उपत्यकाको सडकको खाल्डाखुल्डी मुक्त पारिने, के के गरिदैंछ ?


काठमाडौं । काठमाडौं उपत्यकाको सडकलाई खाल्डाखुल्डी मुक्त हुने बनाइने भएको छ ।

निकायहरु समन्वय गरेर सडकलाई चुस्त राख्ने निर्णय भएको हो ।

सडक विभागको सभाहलमा महानिर्देशकको विशेष उपस्थिति तथा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिन्टेण्डिङ इन्जिनियरको अध्यक्षतामा काठमाडौं उपत्यका भित्रका सडक व्यवस्थापनका विद्यमान समस्या समाधानका गर्न सडक डिभिजन काठमाडौं, सडक डिभिजन ललितपुर, सडक डिभिजन भक्तपुर, काठमाडौं चक्रपथ सुधार योजना, नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, आयोजना कार्यन्वयन निर्देशनालय, नेपाल टेलिकम, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लगायतका समन्वय समितिका सदस्यहरु सहितको उपस्थितिमा बैठक बसेको थियो ।

बैठकमा महानिर्देशक डा. विजय जैंसीले समन्वय समितिको महत्वबारे प्रकाश पार्दै आउदै गरेको चाडपर्वलाई लक्षित गरी उपत्यका स्थित सम्पूर्ण सडकहरु सम्बन्धित निकायबाट यथाशीघ्र खाल्डाखुल्डी मुक्त पार्नुपर्नेमा जोड दिए । सडक डिभिजन ललितपुर तथा सडक डिभिजन भक्तपुरले समेत सडक डिभिजन काठमाडौँले जस्तै आ-आफ्नो क्षेत्राधिकार अन्तर्गतका सडकहरुमा आगामी १ (एक) महिनाभित्र “स.वि” लेखी आफ्नो मातहतका सडकहरु छुट्याउनुका साथै सोको मर्मतलाई तीव्रता दिन निर्देशन दिए । साथै, समन्वय समितिको आगामी बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्नेमा समेत जोड दिए ।

बैठकमा यस वर्षको आउँदै गरेको दसैँ, तिहार, छठपर्व लगायतका चाडपर्वलाई लक्षित गरी भदौ मसान्त सम्ममा उपत्यका स्थित सम्बन्धित निकायहरुबाट आ-आफ्नो क्षेत्राधिकार अन्तर्गतका सडकहरु खाल्डाखुल्डी मुक्त बनाउन आवश्यक कार्यहरु गर्ने निर्णय भएको छ । साथै, सम्बन्धित निकायहरुबाट पैदलयात्री मैत्री संरचनाहरु विकास गर्ने तथा फुटपाथमा भएका अवरोधहरु हटाउने, प्रत्येक निकाय ले आ-आफ्नो क्यालेण्ड सेयर गरेर सो बमोजिम आ-आफ्ना कार्यहरु अघि बढाउने निर्णय भएको छ ।


Read Previous

२ अर्ब लागतमा कमलादीमा बन्दै गरेको ‘होटल मोक्सी’ को निर्माण अन्तिम चरणमा, कहिलेबाट होला सञ्चालन?

Read Next

इम्बोस्ड नम्बर जडानमा सेवाग्राहीलाई सास्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar