Nepal Purbadhar

‘रिमै’ का मुख्य कलाकारको अन्तरक्रिया, भदौ २० मा रिलिज हुँदै फिल्म


काठमाडौं । यही भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने सिनेमा ‘रिमै’का मुख्य कलाकार दयाहाङ राई , रेश्मा गुरुङ लगायतले मंगलबार पत्रकारहरुसँग अन्तरक्रिया गरेका छन् ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को ट्रेलर दुई दिन अघिमात्रै सार्वजनिक गरिएको थियो। फिल्मको ट्रेलरले गाउँले जीवन, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई समेटेको छ।

फिल्ममा दयाहाङ र रेश्मासँगै अर्पण शर्मा, गौमाया गुरुङ कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

महानगरपालिकाले गर्‍यो वसन्तपुर र इन्द्रचोकमा अनुगमन : ३१ लिटर अखाद्य तेल नष्ट

Read Next

कवाडी व्यवसायीले आज पनि घेरे काठमाडौं महानगर, सुरक्षा व्यवस्था कडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar