Nepal Purbadhar

नेपालमा कोलगेटको वितरण गर्ने काठमाडौं मार्केटिङले ९ महिनामा गर्‍यो ४ अर्ब ५३ करोडको कारोबार


काठमाडौं । कोलगेटका साथै विभिन्न अन्तराष्ट्रिय कम्पनीबाट सामग्रीको आयात गर्दै नेपालमा वितरण गर्ने कम्पनी काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्रालिले ९ महिनामा ४ अर्ब ५३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले २०२५ को ९ महिनामा ४ अर्ब ५३ करवड ८० लाख रुपैयाँको कारोबार गरेको हो ।

यसअघि २०२४ मा कम्पनीको व्यापार ५ अर्ब ८६ करोड ७० लाख रुपैयाँ थियो भने २०२३ मा यो कम्पनीले ५ अर्ब ३७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । २०२२ मा भने यो कम्पनीको व्यापार ४ अर्ब २२ अर्ब २० लाख रुपैयाँ भएको थियो ।

२०२१ मा यो कम्पनीको व्यापार २ अर्ब ८९ करोड ३० लाख रुपैयाँ पुगेको थियो भने २०२० मा यो कम्पनीको कारोबार २ अर्ब ६४ करोड २० लाख रुपैयाँ रहेको थियो ।

१९९२ बाट सञ्चालनमा रहेको यो व्यवसायलाई २००४ बाट भने काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्रालिका रुपमा स्थापना गरिएको थियो । यो कम्पनीको सेयर स्वामित्व बल्लभ राज सिग्देल, विजय राज सिग्देल र बिक्रम थापासँग क्रमश: ६७, ११ र २२ प्रतिशत रहेको छ ।

कम्पनीको कार्यकारी अध्यक्षका रुपमा बल्लभ राज सिग्देल रहेका छन् ।

यो कम्पनीले अन्तराष्ट्रियस्तरमा बलियो उपस्थिति बनाएका कम्पनीहरूको सामग्री नेपालमा ल्याएर बिक्रीवितरण गर्दै आएको छ । यो कम्पनीले ओरियो, क्याडबरि उत्पादन गर्ने मोन्डेलेज, डेटल र हार्पिकजस्ता उत्पादन गर्ने कम्पनी रेकिट बेन्किसर, कोलगेट उत्पादन गर्ने कोलगेट पालमोलिभ र नमकिन तथा भुजियाजस्ता उत्पादन गर्ने कम्पनी बिकानोका उत्पादन नेपालमा ल्याएर बिक्री गर्ने गरेको छ ।

कम्पनीको २०२५ को ९ महिनाको कुल कारोबार रकममध्ये ४९ प्रतिशत ओरियोलगायतको उत्पादन गर्ने मोन्डेलेजको बिक्रीमार्फत रहेको छ ।

हालका लागि भने यो कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले १ अर्ब ६६ करोड रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।

Facebook Comments

Read Previous

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनको भीआइपी कक्ष उद्घाटन

Read Next

सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar