
सिन्धुपाल्चोक । ईलेक्ट्रो पावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ४४ मेगावाट क्षमताको भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ब्रेकथ्रु सम्पन्न भएको छ। करिब ८ अर्ब रुपैयाँ लागतमा निर्माण भइरहेका आयोजनाको २ हजार ३३८ मिटर लामो सुरुङ सोमबार सफलतापूर्वक ब्रेक थ्रु भएको हो ।
जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरेर सुरुङ ब्रेकथ्रु गरेका थिए ।
कम्पनीका अनुसार आयोजना आगामी सात महिनाभित्र सम्पन्न गरी उत्पादन हुने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी भइरहेको छ। यस आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप विद्युत आपूर्ति हुने भएकाले ऊर्जा क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, स्थानीय तहका प्रतिनिधिहरूले आयोजना सञ्चालनमा आएपछि रोजगारी सिर्जना, सडक तथा अन्य पूर्वाधार सुधार र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका छन् ।