Nepal Purbadhar

नेपालको क्रेडिट रेटिङको गृह कार्य सुरु, गत वर्ष पाएको थियो बीबी माइनस


काठमाडौं । नेपालले यो वर्षको सार्वभौम साख मूल्यांकन (सोभेरेन क्रेडिट रेटिङको) को गृहकार्य सुरु भएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकले चालु वर्षको क्रेडिट रेटिङको गृह कार्य थालेको हो । बैठकमा उत्कृष्ट तयारी गर्ने निर्णय भएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालले एक वर्षमा उल्लेख्य प्रगति गरेको सन्देश जाने गरी तयार गर्न निर्देशन दिएका छन् ।

बैठकमा अर्थतन्त्र, नीति तथा कानुनी क्षेत्र र सुशासनका क्षेत्रमा भएका सुधारका साथै राजनीतिक स्थायित्व, सडक, पर्यटन, जलविद्युत लगायतमा हासिल भएका उपलब्धिहरुलाई प्राथमिकता दिनेबारे छलफल भएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, सदस्य डा. प्रकाशकुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे लगायत छन् ।

बैठकमा अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराईले क्रेडिट रेटिङसम्बन्धी अहिलेसम्म गरिएका तयारी प्रस्तुत गरे ।

अन्तर्राष्ट्रिय एजेन्सी फिचले नेपालको रेटिङ गर्छ ।

रेटिङ अघि नेपालको अवस्था बुझ्न फिचको टोली नेपालमा नै आउने गर्छ । गएको वर्ष नेपालले बीबी माइनस पाएको थियो ।

Facebook Comments

Read Previous

सडक विभागले थाल्यो दशै लक्षित खाल्डा खुल्डी टाल्ने काम

Read Next

बीवाइडीसँगको सहकार्यमा ‘काठमाडौँ क्रोनिकल्स’ को घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar