Nepal Purbadhar

अनुदान भुक्तानी माग्दै दोस्रो दिन पनि आन्दोलनमा उखु किसान


काठमाडौं । सरकारले गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी नदिएको भन्दै उखु किसानहरूले आन्दोलन गरिरहेका छन् ।

आइतबारबाट सुरु भएको आन्दोलन सोमबार पनि निरन्तर भएको छ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरु काठमाडौं आएका छन् ।

उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको वक्यौता अनुदान रकम भुक्तानी हुनुपर्ने भन्दै आन्दोलन सुरु गरेका हुन् । किसानहरूले प्रतिक्वीन्टल ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

हिजोदेखि उखुसहित माइतीघरमा धर्ना बसेका उनीहरुले आज पनि यसलाई निरन्तरता दिएका हुन् ।

प्रदर्शनमा सहभागीहरूले एकतर्फी मूल्य स्वीकार छैन, उखु कृषक शोषण बन्द गर, उखु अनुदान भुक्तानी गर, मूल्य निर्धारणमा कृषकलाई सहभागी गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।

Facebook Comments

Read Previous

स्थगित भयो विश्वकै शक्तिशाली अन्तरिक्ष यानको परिक्षण

Read Next

नेपालमा आइकार भि-२३ ‘प्रिभ्यु’ , के के छन् विशेषता?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar