Nepal Purbadhar

२६ खर्ब ७७ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति, १५ महिनाको वस्तु तथा सेवा आयात धान्ने


काठमाडौं । आव २०८१/०८२ मा कुल विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब रूपैयाँ पुगेको छ ।

२०८१ असार मशान्तमा २० खर्ब ४१ अर्ब १० करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ३१.२ प्रतिशतले वृद्धि भएर २०८२ असार मशान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा २०८१ असार मशान्तमा १५ अर्ब २७ करोड रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मशान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनकाअनुसार अर्थतन्त्रमा देखिएको सुस्तता र बजारमा माग नहुँदा आयात कम भएसँगै विदेशी विनिमय सञ्चिति ऐतिहासिक रूपमै उच्च भएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मशान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मशान्तमा ३०.६ प्रतिशतले वृद्धि भएर २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकबाहेक बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मशान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मशान्तमा ३६.६ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८२ असार मशान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश भने २३.१ प्रतिशत रहेको छ ।

२०८१/०८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १८.२ महिनाको वस्तु आयात तथा २५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Read Previous

निजी क्षेत्रमा ८.४ प्रतिशतले बढ्यो कर्जा प्रवाह, अन्य क्षेत्रमा कति?

Read Next

राजधानीको जमल, भोटाहिटी र सुन्धारा क्षेत्रको फुटपाथको बेहाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar