Nepal Purbadhar

श्री डिस्टिलरीले एक वर्षमा गर्‍यो २३ करोड ५० लाख रुपैयाँको व्यापार


काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले एक वर्षमा २३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

२०२५ मा उक्त कम्पनीले २३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको हो ।

यसअघि २०२४ मा यो कम्पनीले १८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०२३ मा कम्पनीको कारोबार ८ करोड २० लाख रुपैयाँ थियो ।

२०२२ मा यसको व्यापार ३० लाख रुपैयाँ रहेको थियो ।

सन् १९८६ मा स्थापना भएर २०२२ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको यो कम्पनीले डिस्टिलरी र स्प्रिटको उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । हाल यो कम्पनीसँग वार्षिक रूपमा १७ लाख केस प्रतिवर्ष उत्पादन गर्ने क्षमता रहेको छ भने कम्पनीले ८ हजार किलोलिटर स्प्रिट वार्षिक उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ ।

२०२२ यता इबिआइटिडिए मार्जिन नकरात्मक रहेको कम्पनीले २०२५ मा भने १.३४ प्रतिशत मार्जिन कायम गरेको छ ।

श्री डिस्टिलरीसँग नेपालमा दर्ता भएका ११२ डिस्टिलरीमध्ये ८ वटासँग मात्रै भएको स्प्रिट उत्पादनको अनुमति छ, जसले गर्दा यसको बजारमा उपस्थिति बलियो रहेको छ । साथै यो कम्पनीले माउन्ट एभरेष्ट र गोर्खाली रम नाममा उत्पादन पनि गर्दै आएको छ ।

Facebook Comments

Read Previous

१८.०२ अंकले घट्यो सेयर बजार

Read Next

विद्युत जडित क्षमता ३ हजार ५९१ मेगावाट पुग्यो, जलविद्युत ३ हजार ३९० मेगावाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar