Nepal Purbadhar

१८.०२ अंकले घट्यो सेयर बजार


काठमाडौं । साताको पहिलो कारोबार दिनमा सेयर बजारमा गिरावट देखिएको छ ।

आइतबार सेयर बजार १८.०२ अंकले घटेको हो । बजारमा गिरावट देखिएसँगै नेप्से परिसूचक २७३९.९५ अंकमा पुगेर कारोबार बन्द भएको छ ।

कारोबार सुरूवात भएको केही समयमा बढेर २७७० अंकमा पुगेको नेप्से त्यसपछि भने निरन्तर गिरावट भएर कारोबार बन्द हुँदा २७३९.९५ को बिन्दुमा पुगेको हो ।

आइतबार २०८ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ४१ वटा कम्पनीको मृल्यमा भने बृद्धि भएको थियो ।

परिसूचकमा गिरावट आउँदा कारोबार रकममा भने बृद्धि भएको छ । अघिल्लो कारोबार दिनमा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ६ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ ।

Facebook Comments

Read Previous

‘टेस्टी’ बिस्कुट बनाउने क्वालिटी डाइट एन्ड फुडले ९ महिनामा गर्‍यो ६३ करोड ६० लाखको कारोबार

Read Next

श्री डिस्टिलरीले एक वर्षमा गर्‍यो २३ करोड ५० लाख रुपैयाँको व्यापार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar