Nepal Purbadhar

माइतीघरदेखि बानेश्वरसम्म प्याब्सन र एन-प्याब्सनको प्रदर्शन


काठमाडौं । आन्दोलनमा रहेका निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन)ले माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन् ।

माइतिघरमा भेला भएर नारा लगाउंदै उनीहरूले विद्यालय शिक्षा विधेयकका केही प्रावधानको विरोध गरेका हुन् ।

आज बिहान उनीहरूले आफ्ना सवारी चक्रपथमा परिक्रमा गराएका थिेए । विद्यालयहरूको छाता संगठनहरूले ८ गतेसम्म माग पूरा नभए ९ गतेदेखि निजी विद्यालय बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेका छन्।

विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्री उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने, विद्यालयहरूलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनुपर्ने लगायतका माग उनीहरूरुले राखेका छन्।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार

Read Next

उदयपुर जिल्लाका विद्यालयहरूमा शौर्य सिमेन्टद्वारा शैक्षिक सामग्री वितरण, ४५० विद्यार्थी लाभान्वित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar