
काठमाडौं । अटोमोटिभ वा अटो मोबाइल उद्योगमा एआई भन्न साथ हामीलाई सोच आउने भनेको स्वचालित गाडीहरू हुन् ।
यद्यपि प्रविधिको नयाँ युगका रूपमा सुरुवात मानिएको कृत्रिम बुद्धिमत्ता अर्था एआई यत्तिमा मातै सीमित छ भन्नु सत्य हुँदैन । एआई र अटोमोटिभ उद्योगको समायोजनले स्वचालित गाडीहरूका साथै सवारी साधनको सुरक्षादेखि यसको उत्पादन र उपभोक्ताको अनुभव केन्द्रित अन्य थुप्रै विशेषताहरूको पनि विकास गरेका छन् ।
एआईको विकास र यसको अत्यधिक प्रयोग अन्य क्षेत्रमा बढेसँगै अटोमोटिभ उद्योग पनि अटोमेसन, कार्यकुशलता र भविष्यतर्फको यात्रामा केन्द्रित छ । यो सम्पूर्ण परिवर्तनको कारण नै एआई र त्यसको विकास भएका कारण हाल गाडीको उत्पादनमा स्वचालित रोबटको प्रयोग गर्नेदेखि बढ्दो र परिवर्तनशील बजारको माग पुरा गर्नमा पनि यसले सहायता गरिरहेको छ ।
उत्पादनमा एआईको प्रयोग
एउटा यस्तो एसेम्ब्ली लाइनको तपाईँ कल्पना गर्नुहोस्, जहाँ गाडीको उत्पादनसँगै हरेक उत्पादनबाट केही न केही नयाँ कुरा सिक्ने र सुधार गर्ने पनि विशेषता हुन्छ । मसिन लर्निङका कारण देखिएको एउटा महत्त्वपूर्ण सम्भावना यो हो । एआई प्रविधिले सवारी उत्पादन प्रणालीमा प्रक्रियालाई छरितो मात्रै बनाउने नभएर त्यसलाई चुस्त र तथ्यांकमा आधारित निर्णयको आधारमा गर्नेतर्फ मोडिरहेको छ ।
मसिन लर्निङले करौडौं तथ्यांकहरुको विश्लेषणका लागि अल्गोरिदमको प्रयोग गर्छ, जसमार्फत फरक फरक ढाँचाहरू र निर्णय क्षमताको अभ्यासलाई बुझिन्छ । यसले सञ्चालनको समयमा कार्यकुशलतालाई सुधार गर्नेछ ।

मसिन लर्निङ नै अहिले कतिपय ‘स्मार्ट उद्योग’को मेरुदण्डका रूपमा रहेका छन् । स्मार्ट उद्योगहरूमा अहिले आधुनिक उत्पादनको प्रक्रिया अघि बढिसकेको छ । विश्व विख्यात बिएमडब्ल्युले एसम्ब्ली लाइनमा मसिन लर्निङको प्रयोग गरेको छ, जसअनुसार उत्पादन सहज रूपमा भइरहेको छ भने उत्पादनमा हुने ढिलाइ रोकिएको छ ।
स्वचालित सवारी साधनमा वृद्धि
पछिल्लो समयमा सवारी साधनको उद्योगमा सबैभन्दा ठुलो विषयका रूपमा रहेको छ, स्वचालित गाडीहरू । केही वर्ष अघिसम्म बिना कुनै चालक पनि कुद्न मिल्ने गाडी कुनै सिनेमाको विषयभन्दा फरक थिएन । यद्यपि पछिल्ला वर्षहरूमा भने यो वास्तविकतामा बद्लिएको छ ।
फोर्ब्सकाअनुसार अति विकसित सेन्सर र क्यामेराका साथमा एआईको प्रयोग अटो मोबाइल उद्योगमा भइरहेको छ । यसले गर्दा पूर्ण रूपमा स्वचालित गाडीहरूको विकासमा पनि तीव्र प्रगति भएको छ ।

एआईको सहायताले चल्ने प्रणालीहरूले सेन्सरका साथै क्यामेरा र मसिन लर्निङको सहायताले गाडीलाई स्वचालित बनाउने मात्रै नभएर सडक सुरक्षा सुदृढ बनाउने तथा सडकमा मानवीय त्रुटिहरू कम गर्नमा केन्द्रित भएको छ ।
हाल ‘लेभल फाइभ’ का रूपमा पूर्ण रूपमा स्वचालित गाडीहरू मात्रै नभएर त्यसमा थप सेवा सुविधा सहितको प्रविधि पनि विकास भइरहेको छ । यो प्रणालीले एआईको सहायताले क्यामेरा, राडार र सेन्सरको सहायताले सुरक्षित निर्णयहरू गर्ने, दुर्घटना कम गर्ने र पार्किङलाई पनि अझ सहज र उत्कृष्ट रूपमा गर्नमा सहायता गरिरहेको छ ।
एआईको प्रयोगले गाडीभित्र यात्रु वा चालक बस्दा पनि अनुभवलाई थप राम्रो बनाउने गरी प्रविधिको विकास भइरहेको छ । एआईले गाडीलाई ‘थप पर्सनलाइभज’ बनाउनका लागि सिटको अवस्था मिलाउनेदेखि वातानुकूलन बनाउने तथा इन्फटेनमेन्टलाई पनि गाडी चालकको बानी र आवश्यकताअनुसारको बनाउने गरी काम भएको छ । एआईसहितका भ्वाइस असिस्टेन्टको सहायताले अहिले चालकले गाडी चलाइरहेकै समयमा आफ्नो आवाजको सहायताले गाडीमा कुनै पनि सेवा सुविधाको प्रयोग गर्न सक्ने अवस्था बनेको छ । यसले गर्दा गाडी चलाउनबाट ध्यान भंग नहुने र दुर्घटनाको जोखिम कम गर्दै थप सुरक्षित यात्रा गर्नमा सहायता गरेको छ ।
डिप लर्निङको सटीकता र अनुकूलनशीलता
एआईको प्रयोग गरिरहँदा डिप लर्निङको विषय पनि सँगसँगै आउँछ । मसिन लर्निङकै एक पक्षको रूपमा रहेको यो अंशले मानवीय दिमागकै जस्तो संरचनाको नक्कल गर्दै निर्णय क्षमतामा सटीकता ल्याउने गर्छ ।
डिप लर्निङको सहायताले तस्बिर र भिडियोजस्ता जानकारीहरू संरचनागत नबनेको अवस्थालाई विश्लेषण गरेर दृश्यमा देखिएको कुराको आधारमा उन्नत प्रयोगहरू गर्ने गर्छ । यो प्रविधिको प्रयोगले अटो मोबाइल उत्पादनदेखि एसेम्ब्लीसम्ममा महत्त्वपूर्ण काम गर्छ ।
जर्मन गाडी उत्पादक कम्पनी अडिले डिप लर्निङको प्रयोग गरेर वेल्डिङको समयमा भएका गल्तीहरू पहिचान गरिरहेको छ । यसको सहायताले गाडीको संरचनागत अखण्डतालाई सुधार गर्दै सवारीको सुरक्षामा पनि वृद्धि गर्ने गर्छ ।
त्यस्तै, ह्युन्डाईले पनि यसको प्रयोग गरेर एसेम्बलीको समयमा भएका गल्तीहरूलाई पहिचान गरेर उत्पादनलाई वृद्धि गरिरहेको छ ।
कस्ता छन् अन्य विकासहरू?
हाल विश्वभरमा चर्चित रहेको एउटा विषय भनेको जेनेरेटिभ एआई पनि हो । जेनेरेटिभ एआई अर्थात् प्रयोगकर्ताले दिएको आदेशको आधारमा कुनै पनि किसिमका सिर्जना गर्नु हो । हाल अटो मोबाइल उत्पादनमा जेनेरेटिभ एआईको प्रयोग मार्फत सृजनशील प्रक्रियालाई पनि परिवर्तन गरिएको छ ।
जनरल मोटर्स (जिएम)ले जेनेरेटिभ एआईको प्रयोग मार्फत गाडीका लागि हलुका भागहरूको उत्पादनका लागि भइरहेको छ । यसले गर्दा गाडीको प्रदर्शनदेखि गाडीमा इन्धनको कार्यकुशलतामा पनि वृद्धि भइरहेको छ ।

त्यस्तै, फोर्ड ब्रान्डले गाडीको डिजाइनका लागि भर्चुअल प्रोटोटाइप बनाउन तथा तीव्र रूपमा त्यसमा सुधार गर्नका लागि पनि जेनेरेटिभ एआईको प्रयोग भइरहेको छ । यसको सहायताले गाडीको डिजाइनका लागि लाग्ने समय कम भएको छ भने गाडी उत्पादन गरेर बजारमा पुग्ने समयमा पनि कमी आएको छ ।
यो सबै सम्भव हुनुको कारण भनेको गाडीहरूको डिजाइनका लागि अधिकांशले प्रयोग गर्ने सफ्टवेयर क्याड (CAD)मा एआई एकीकृत हुनु रहेको छ । यसो हुँदा इन्जिनियरहरूले डिजाइनका लागि असंख्य सम्भावनाहरू पहिचान गर्न सकेका छन् ।
अटो मोबाइलमा एआईको उद्योग कति छ?
स्टाटिस्टिका सन २०१९ मा अटो मोबाइल क्षेत्र २४७ करोड अमेरिकी डलर रहेको थियो । २०२० मा यो उद्योग २०० करोड अमेरिकी डलरमा सीमित भएकोमा २०२१ मा २ हजार ०४९ करोड अमेरिकी डलर पुगेको थियो ।
त्यसपछि यो उद्योगको आकार निरन्तर बढ्दै गएको छ ।

२०२२ मा यो उद्योगको आकार २ हजार ६४९ करोड अमेरिकी डलर पुगेको छ भने २०२३ मा यो उद्योग ३ हजार २४९ करोड अमेरिकी डलर पुगेको छ ।
२०२४ मा भने ३ अर्ब ८५० करोड अमेरिकी डलर रहेको अटो मोबाइल एआई मार्केट २०२५ मा भने ४ हजार ४५० करोड अमेरिकी डलर पुगेको छ ।
यो उद्योगको आकार सन् २०३० सम्ममा ७ हजार ४५० करोड अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।