
काठमाडौं । ऊर्जा मन्त्री दिपक खड्काले धनुषाको ढल्केवरस्थित सबस्टेशनको निरीक्षण गरेका छन् ।
मन्त्री खड्काले बिहीबार धनुषाको ढल्केबरस्थित देशकै सबैभन्दा ठूलो विद्युत सबस्टेशनको निरीक्षण गरेका हुन् । उनले अन्तरदेशीय प्रसारण लाइनको अवस्था तथा समग्र आपूर्ति प्रणालीबारे जानकारी दिउको बताएका छन् ।
निरीक्षणका क्रममा मन्त्री खड्काले विद्युत आपूर्ति प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनका लागि निर्देशन दिएका छन् । उनी भन्छन्, ‘निरीक्षणका क्रममा विद्युत आपूर्ति प्रणालीलाई अझ सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउन र २४ सैं घण्टा बिद्युतको सुनिश्चित गर्रि प्राथमिकताका साथ काम गर्न नेपाल विद्युत प्राधिकरण मधेश प्रदेश क्षेत्रीय कार्यालयका प्रमुखसहितको टिमलाई निर्देशन दिएको छु ।’









