Nepal Purbadhar

नेपालबाट ११३० मेगावाट विद्युत भारत जान थाल्यो


काठमाडौं । भारत सरकारले नेपालका दुइ जलविद्युत आयोजनाबाट उत्पादन भएको ८० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ ।

यस अघि अनुमति प्राप्त १०१०.९ मेगावाट र थपिएको ८०मेगावाट गरि कुल भारत निर्यात क्षमता १०९०.९ मेगावाट पुगेको छ भने बगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति ११३०.९ मेगावाट पुगेको छ ।

पछिल्लो पटक श्रावण २६ गते भारत सरकारले २०० मेगावाटको लागि अनुमति प्रदान गरेकोमा भाद्र ५ गते थप ८० मेगावाटका लागि अनुमति प्रदान गरेको हो ।

द्धिपक्षीय सम्झौता अन्तर्गत मध्यम अवधिका लागि प्राप्त अनुमति २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्मको लागि हो भने यो अनुमति मेवा खोला ४८.५ मेगावाट र करुवा सेति हाइड्रो पावर ३१.०४ मेगावाटका लागि हो ।


Read Previous

नेपाल पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवर्द्धन गरिरहेको छ : सीईओ जोशी

Read Next

ऊर्जा मन्त्रीले गरे ढल्केबर सबस्टेशनको निरीक्षण, भने-२४ घन्टा विद्युत आपूर्तिका लागि निर्देशन दिएको छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar