
काठमाडौं । हेल्थ एन्ड हाइजिन प्रोडक्टस् प्रालिले ९ महिनामा ७८ करोड १० हजार रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीले २०२५ को ९ महिनामा ७८ करोड १० लाख रुपैयाँको कारोबार गरेको हो ।
२०२४ मा १ अर्ब ६ करोड १० लाख रुपैयाँको कारोबार गरेको यो कम्पनीले २०२३ मा भने ६७ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, २०२२ मा यसको कारोबार ४१ करोड ३० लाख रुपैयाँ थियो भने २०२१ मा कम्पनीले २३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।
२०१७ मा सञ्चालनमा आएको यो कम्पनी सेनिटरी न्यापकिन, डाइपर, वाइप तथा सेनिटरी प्याडलगायतको उत्पादन तथा बिक्री विरतण गर्दै आएको छ । सुमन राठी र हेमलता राठीसँग बराबर स्वामित्व रहेको यो कम्पनीको उत्यो मोरङको कटारीमा रहेको छ । हेल्थ एन्ड हाइजिन प्रोडक्ट्स प्रालि तेल तथा पिठो क्षेत्रमा स्थापित ब्रान्ड बाबा ग्रुपअन्तर्गतको कम्पनी हो ।
यो कम्पनीको आम्दानीको प्रमुख स्रोतमध्ये उत्पादन भारततर्फ निर्यात पनि रहेको छ । २०२४ को कुल कारोबारमध्ये कम्पनीले ३४ प्रतिशत भारततर्फ निर्यात आम्दानी गरेको थियो ।
हालका लागि यो कम्पनीले १ अर्ब २५ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीलाई ४३ करोड ३० लाख रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि एलबि प्लस र ८१ करोड ७० लाख रुपैयाँको अल्पकालिन कर्जा सुविधाका लागि ए फोर रेटिङ दिएको छ ।