
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापित रवि लामिछानेलाई भेटेका छन् ।
बुधबार नख्खु कारागारमा प्रचण्डले लामिछानेलाई भेटेका हुन् । लामिछानेसँग भेटेपश्चात प्रचण्डले उनलाई दुब्लाएको बताएका छन् ।

भेटपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले लामिछाने भैरहवामा रहँदा नाजुक हुन खोजेको र अनुहारमा नै कमजोर भएको देखिएको बताएका हुन् । साथै उनले लामिछानेले भैरहवा कारागारको तुलनामा नख्खु कारागारमा व्यवस्थापन राम्रो भएको पनि जिकिर गरेको बताए ।

सहकारी ठगी प्रकरणमा कारागारमा रहेका लामिछानेलाई गत शनिबार भैरहवा कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा सारिएको थियो ।









