Nepal Purbadhar

सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो


काठमाडौं । बुधबार सेयर बजारमा ९.७० अंकको गिरावट देखिएको छ ।

बुधबार सेयर बजार बन्द हुँदा नेप्से २७६७ अंकमा कायम भएको छ । कारोबार सुरु भएपश्चात २७८२ अंकसम्म पुगेको बजार त्यसछपि भने निरन्तर ओरालो लागेर २७६७ अंकमा बन्द भएको छ ।

बजारमा १८८ वटा कम्पनीको मूल्यमा गिरावट हुँदा ५९ वटा कम्पनीको मूल्य बढेको थियो भने २ वटाको स्थिर भएको थियो ।

नेप्से परिसूचकमा गिरावट आइरहँदा कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ५ अर्ब ६३ करोडको कारोबार भएर बन्द भएको सेयर बजारमा बुधबार भने ५ अर्ब २० करोडमा सीमित भएको छ ।


Read Previous

अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्न कति लाग्छ दस्तुर?

Read Next

हेँवा खोलामा मोडुलर पुल सञ्चालनमा, पूर्वाधारमन्त्री दाहालले भने- अब कुनै पनि ठाउँ दुर्गम रहन सक्दैन

Nepal Purbadhar