
काठमाडौं । टाटा मोटर्सले यस वर्षको नाडा अटो शो २०२५ मा आफ्नो विद्युतीय सवारीसाधनहरूको नवीनतम श्रृंखला प्रस्तुत गर्दै प्रदर्शनीलाई विद्युतीय बनाएको छ ।
सिप्रदी ट्रेडिङ प्रा. लि. सँगको साझेदारीमा टाटाले टियागो ईभीको नयाँ Arizona Blue रंग पहिलोपटक सार्वजनिक गरेको छ।
यस वर्षको अटो शोमा प्रदर्शित प्रमुख ईभी मोडलहरूमा कर्भ ईभी, नेक्सन के थ्री ईभी, पन्च ईभी र टियागो ईभी छन् । यी मोडलहरूले बोल्ड डिजाइन, उत्कृष्ट लूक्स र भविष्य–मैत्री प्रविधिको संयोजनमार्फत ग्राहकलाई नयाँ अनुभव दिने कम्पनीको दाबी छ ।

यसै अवसरमा, टाटाले ग्राहकका लागि विशेष अफरहरू ल्याएको छ, जसअन्तर्गत सिप्रदीको देशव्यापी चार्जिङ नेटवर्कमा आजीवन निःशुल्क डिसी फाष्ट चार्जिङको सुविधा पाउनेछन् । अर्थात जीवनभर सिप्रदीको चार्जिङ स्टेसनमा गाडी चार्ज गर्दा शुल्क तिर्नुपर्ने छैन । आकर्ष छुट र राम्रो एक्सचेन्ज भ्यालु दिइनेछ । ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क अटो प्लस इन्सरेन्स,निःशुल्क एसेसोरिज र १ वर्षको भेहिकल कर, घरमै निःशुल्क चार्जिङ स्टेसन जडान, निशुल्क इम्बोस्ड नम्बर प्लेट लायतका सुविधाहरु पाइनेछ ।
यसरी, अफर र नयाँ मोडलहरूको संयोजनले नेपालमा विद्युतीय सवारीसाधन बजारलाई अझ प्रतिस्पर्धी र आकर्षक बनाउने कम्पनीको विश्वास छ ।
टाटा प्यासेन्जर भेहिकल मोबिलिटी लिमिटेडका रनेशनल बिजनेस प्रमुख यश खण्डेलवालका अनुसार, टाटाले यसपटक प्रस्तुत गरेको नवीन ईभी पोर्टफोलियोले नेपालमा मोबिलिटीको भविष्यलाई अझ दिगो र आधुनिक बनाउनेछ ।

त्यस्तै, सिप्रदी ट्रेडिङ प्रालिका सिईओ राजन बाबु श्रेष्ठले यस प्रदर्शनीलाई नेपालमा विद्युतीय सवारीसाधन क्रान्ति तीव्र बनाउने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्दै सम्पूर्ण ग्राहकलाई उपयुक्त मोडल र बजेटअनुसारको विकल्प उपलब्ध हुने बताए ।
टाटाले यसै अटो शोमा नयाँ सफारी पनि सार्वजनिक गरेको छ, जसमा एडास, मेमोरी सिट, ड्युल-जोन क्लाइमेट कन्ट्रोल, टेरेन रिस्पोन्स मोड्स लगायतका प्रिमियम विशेषताहरू छन्। यसको मूल्य १ करोड २१ लाख ९९ हजार रुपैयाँबाट सुरु हुनेछ ।

नाडा अटो शो 2025 भदौ ३ देखि ८ गतेसम्म (August 19–24, 2025) काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको छ। टाटा मोटर्स र सिप्रदी ट्रेडिङ्गले सम्पूर्ण अटोप्रेमीहरूलाई आफ्ना नयाँ मोडल र सीमित अवधिका अफरहरू नजिकैबाट अवलोकन गर्न आमन्त्रण गरेको छ ।