Nepal Purbadhar

सुरु भयो नाडा अटो शो, प्रधानमन्त्रीले गरे उद्घाटन


काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालको (नाडा) ले आयोजना गरेको १७ औं संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ ।

भृकुटीमण्डपस्थिति प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ आयोजना नाडा अटो शो प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै सुरु भएको हो ।

यसपालिको संस्करणमा डिपलको इभिटल फ्लाइङ ट्राक्सी, रोवोटिक्स ( डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका अध्यक्ष करण चौधरीले जानकारी दिए ।

प्रदर्शनीमा १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारीका र अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट, ग्यारेज उपकरण तथा ३५ वटा वित्तीय सेवा प्रदायक कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।


Read Previous

टेस्लाको ६ सिट भएको ‘मोडल वाई एल’ सार्वजनिक

Read Next

यातायात व्यवस्था विभागले भन्यो: असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट

Nepal Purbadhar