Nepal Purbadhar

टेस्लाको ६ सिट भएको ‘मोडल वाई एल’ सार्वजनिक


काठमाडौं । विश्व चर्चित विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्नो नयाँ गाडी ‘मोडल वाई एल’ सार्वजनिक गरेको छ ।

इलेकट्रेकडटकोकाअनुसार टेस्लाले आफ्नो चीनियाँ अनलाईनमा ‘मोडल वाई एल’ सार्वजनिक गरेको हो ।

रोयटर्सकाअनुसार कम्पनीले चीनियाँ सामाजिक सञ्जाल वेईवोमा सोमबार एक पोस्ट गर्दै ‘मोडल वाई एल’ चिनियाँ बजारमा छिट्टै सार्वजनिक हुने बताएको हो ।

‘मोडल वाई एल’ टेस्लाको सर्वाधिक बिक्री भएको मोडल वाईकै नयाँ भर्जन हो । मोडल वाईकै ६ सिटे भर्जनका रुपमा रहेको ‘मोडल वाई एल’ बारे जानकारी दिँदै कम्पनीले भिडियो पनि सार्वजनिक गरेको छ ।

चीनियाँ बजारमा साओमीले हालसालै सार्वजनिक गरेको ‘यु सभेन’ सहित अन्य गाडीहरु प्रतिस्पर्धि रुपमा आइरहेको बेला टेस्लाले आफ्नो पनि नयाँ गाडी सार्वजनिक गर्न लागेको हो ।

इलेकट्रेककाअनुसार हालका लागि यो गाडीको मूल्य ४७ हजार अमेरिकी डलर रहनेछ । चीनियाँ बजारमा मोडल वाईको मूल्यभन्दा ‘मोडल वाई एल’ को मूल्य ३ हजार ६ सय रुपैयाँले धेरै हो ।

‘मोडल वाई एल’ मा ७५१ किलोमिटरको रेन्ज हुने भनिएको छ भने यसमा मोडल वाईको तुलनामा नयाँ र ठूलो ब्याट्री पनि रहेको छ ।

गाडीको डेलिभरि भने सेप्टेम्बर महिनाबाट गरिने बताइएको छ ।


Read Previous

आजदेखि सुरु हुँदै नाडा अटो शो, उड्ने ट्याक्सीदेखि ह्युमन रोबोर्ट देख्न पाइने

Read Next

सुरु भयो नाडा अटो शो, प्रधानमन्त्रीले गरे उद्घाटन

Nepal Purbadhar