Nepal Purbadhar

कुलिङ पिरियड सम्बन्धि छानबिन प्रतिवेदन कार्यान्यवनका प्रधानमन्त्री कार्यालयमा


काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको सम्बन्धि छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालयसहित विभिन्न १८ निकायमा पुगेको छ ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडसम्बन्धि व्यवस्थाको विषयमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि विभिन्न निकायमा पठाएका हुन् ।

संसद सचिवालयकाअनुसार उक्त प्रतिवेदन सभामुख देवराज घिमिरेको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचिवालयसहित सबै संसदीय दलका कार्यालयमा पठाइएको छ ।

विधेयकको प्रतिवेदनमा कुलिङ अफ पिरियडसम्बन्धि व्यवस्था भएको भन्दै छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

उक्त समितिले यो व्यवस्था विधेयकमा हुनुको पछाडि प्रतिनिधिसभा सांसद तथा राज्य व्यवस्था तथा सुशासन छानबिन समितिका सभापति रामहरी खतिवडा मुख्य जिम्मेवार भएको औँल्याएको थियो । खतिवडाले भने केही दिनअिघ समितिको सभापति पदबाट राजीनामा दिइसकेका छन् ।


Read Previous

झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरू

Read Next

पूर्वाधार निर्माणमा कानूनी प्रबन्ध कस्ता छन्?

Nepal Purbadhar