
काठमाडौं । भाद्र २९ गते हुन गइरहेको बजाज पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स चोइस अवार्डको नोमिनिज सार्वजनिक गरिएको छ ।
आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरि पिपुल्स चोइस अवार्डको नोमिनिज सार्वजनिक गरिएको हो । पिपुल्स चोइस अवार्डको नोमिनिजमा परेका खेलाडी यी हुन्- पूजा महतो ( क्रीकेट ), हिमाल सुनारी ( भलिबल ), रेखा पौडेल ( फुटबल ), बिजय सिन्जाली ( उसु ) र एभाना थापा ( टेबल टेनिस ) ।
साथै पिपुल्स चोइस अवार्डको भोटिङका लागि नेपाल खेलकुद पत्रकार मञ्च रआइएमइ अन्तर्गतको खल्ती बिच सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।
पिपल्स च्वाइस विधाका विजेता आयोजक मञ्चसँग आबद्ध खेल पत्रकार, विभिन्न खेलका राष्ट्रिय प्रशिक्षक, सामाजिक सञ्जालका समर्थक र डिजिटल वालेट आईएमई खल्तीमा प्राप्त मतका आधारमा चुनिने छ ।
आईएमई खल्तीको मतभार ५० प्रतिशत, २. सामाजिक सञ्जाल फेसबुक मतभार-२५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजबाट गर्नुपर्नेछ। ३. नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२ दशमलव ५ प्रतिशत र ४. नेपाल खेलकुद पत्रकार (मञ्च) का सदस्यको मतभार १२ दशमलव ५ प्रतिशत रहनेछ ।
यो विधाका विजेताले पल्सर मोटरबाइक जित्नेछ । गत वर्ष सर्वाधिक मत ल्याएर पिपल्स च्वाइसको अवार्ड भलिबलकी कविता भट्टले जितेकी थिइन् ।
तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी