Nepal Purbadhar

याडिया भेलेक्समा विशेष अफर, कति पर्छ मूल्य?


काठमाडौं । लगातार ८ वर्षसम्म विश्वको नम्बर १ इलेक्ट्रिक दुई पांग्रे ब्रान्डका रुपमा रहेको दाबी गर्ने याडियाले याडिया भेलेक्स (Velex)को विशेष मूल्य सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले याडिया भेलेक्स मा विशेष सीमित स्टक अफर घोषणा गरेको छ। अब यसको मूल्य अघिल्लो २ लाख ८५ हजार रुपैयाँ बाट घटाएर २ लाख ४५ हजार रुपैयाँ गरिएको छ।

यो अफरले लगातार ८ वर्षसम्म विश्वव्यापी रूपमा नं. १ इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाको महत्वपूर्ण उपलब्धि प्राप्त गरेको अवसरमा ल्याएको हो । विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्रीको उत्सवका रुपमा मनाउन लागिएको याडियाले जनाएको छ । 

याडिया भेलेक्स उच्च क्षमता र लुक्ससहित रहेको स्कुटर भएको कम्पनीले जनाएको छ, जसमा ३२०० वाट मोटर र १७२ एनएम टर्क सहित, यसले ६२ किमी/घण्टा को उच्चतम गति हासिल गर्न सक्छ । यो स्कुटर एक पटकको चार्जमा १०० किमी सम्मको दूरी तय गर्न सक्छ भने यसमा ३०Ah / ७२V LFP (Lithium Iron Phosphate) ब्याट्री रहेको छ । 


कम्पनीले याडिया भेलेक्समा मा ब्याट्री र मोटर दुवैका लागि ३ वर्ष / ५०,००० किमी वारेन्टी प्रदान गर्नेसमेत जनाइएको छ । 

१०० भन्दा बढी देशहरूमा बिक्री भइरहेको याडिया ब्रान्डका स्कुटरहरु २०२० देखि नेपालमा कुजु नेपाल प्रालिले बिक्री गर्दै आएको छ । 


Read Previous

लोडसेडिङ हल्ला हो, १७ अर्ब ७२ करोडको विद्युत् निर्यात भएको छ :ऊर्जा मन्त्री खड्का

Read Next

सरकारलाई गिज्याईरहेको संघीय राजधानी काठमाडौंको सडकको हालत हेर्नुस तस्बिरमा

Nepal Purbadhar