Nepal Purbadhar

थप २०० मेगावाट निर्यातको लागि भारतले दियो सहमति,१०५० मेगावाट पठाउने बाटो खुल्यो


काठमाडौं । भारत सरकारले नेपालका विभिन्न पाँच जलविद्युत आयोजनाबाट उत्पादन भएको थप २०० मेगावाट विद्युत खरिदका लागि सहमित प्रदान गरेको छ ।

यस अघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९मेगावाट पुगेको छ । बंगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ  ।

पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठुलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत पर्दछ । आर्थिक वर्ष ८१।८२ मा १७ अर्व ४७ करोड रुपैया बराबरको विद्युत निर्यात भएकोमा भारत सरकारबाट प्राप्त भएको थप निर्यात अनुमति र आगामी दिनमा थप प्राप्त हुने स्विकृतीले यो वर्ष निर्यात दोब्बर हुने अनुमान गरिएको छ ।


Read Previous

इप्पानको ११ बुदे मागपछि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले देखाए अख्तियारको डर!

Read Next

१०६ मेगावाटको जगदुल्ला जलविद्युत बनाउन १२ अर्ब १८ करोडमा जेसीई/एएनकेसंग सम्झौता

Nepal Purbadhar