Nepal Purbadhar

श्रावणको सोमबार सांग्रिला बैंकको मेहन्दी उत्सव कार्यक्रम


काठमाडौं । बालुवाटारस्थित सांग्रिला विकास बैंकको शाखामा आज बिहान महिलाहरूको भीड थियो। हातमा मेहन्दीको डिजाइन बनाउँदै र पालो पर्खिँदै सबै उत्साहित देखिन्थे।

बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यका अनुसार, यो कार्यक्रम हरेक वर्ष श्रावण महिनाका सोमबारहरूमा आयोजना गरिन्छ र यसलाई निरन्तर ४ वर्षदेखि गर्दै आएका छन्। उनले भनिन्, “यसलाई हामीले संस्कृतिको संरक्षण र उत्सवको रूपमा सञ्चालन गर्दै आएका छौँ। ग्राहक मात्र होइन, हाम्रो आफ्ना स्टाफलाई पनि हामी यसमा सहभागी गराउँछौँ।”

आजको दिन श्रावण महिनाको अन्तिम सोमबार हो। यस वर्ष यो कार्यक्रम केवल बालुवाटार शाखामै नभई, प्रत्येक क्लस्टरका १० शाखामा गरिएको छ। यो महिनाको सुरुदेखि अहिलेसम्म यस अभियानमा १५०० भन्दा बढी महिलाहरू सहभागी भइसकेका छन्।

यो निःशुल्क सेवा भएकाले यसको खर्चबारे सोध्दा बज्राचार्यले भने, “हामीले यसलाई ब्रान्डिङमार्फत व्यवस्थापन गरेका हौँ।”


Read Previous

नाडा अटो शो को उद्घाटन प्रधानमन्त्रीले गर्ने, उड्ने कारदेखि रोबोर्ट सम्म प्रदर्शनीमा रहने

Read Next

सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो

Nepal Purbadhar