Nepal Purbadhar

नाडा अटो शो को उद्घाटन प्रधानमन्त्रीले गर्ने, उड्ने कारदेखि रोबोर्ट सम्म प्रदर्शनीमा रहने


काठमाडौं । नाडा अटो शो को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

भदौ ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्न लागेका हुन् । यस अघि हुने नाडा अटो शो अर्थमन्त्री मार्फत उद्घाटन गराउने चलन थियो । यो पटक नाडाका केहि पदाधिकारी समेत मिलेर नाइमा अटो शो गरेपछि त्यसलाई छायाँमा पार्ने गरी प्रधानमन्त्रीबाट उद्घाटन गराउन लागिएको हो । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई औपचारिक रुपमा भेटेर समय लिइसकेको छ ।

नाडा अटो शो मा १२५ भन्दा बढी प्रदर्शक रहनेछन् । ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू सहभागि हुनेछन् । इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरूले भाग लिनेछन् । विन्टेज मोटर शो हुनेछ ।

पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्रि रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रविन्दु हुने हुनेछन् ।  । 
उक्त भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

यो पटकको नाडा अटो शोमा उड्ने कारदेखि रोबोर्ट प्रविधि समेत प्रदर्शनीमा राखिने भएको छ ।

नाडा अटो मोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष करण चौधरीले उड्ने कारदेखि रोबोर्टसम्म प्रदर्शनीमा राखिने बताए । उनले आधुनिक प्रविधिहरु प्रदर्शनीमा राखिने बताए ।

चिनियाँ कम्पनीले उत्पादन गरेको युनिट्री रोबोर्ट प्रदर्शनीमा राखिनेछ ।

यो पटकको टाइटल स्पोनसर समेत युनिट्री रहेको छ ।

दिपालले उड्ने कार पनि देख्न पाइनेछ । संसारभर उड्ने कारको चर्चा पछिल्लो समय बढेको छ ।  एमएडब्लु वृद्धि अटो कर्प प्रालिले अत्याधुनिक विशेषतायुक्त विद्युतीय कार बिक्री गर्दै आएको छ । नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।

नाडा अटो शो २०२५ मा यसवर्ष स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे ‘युनिट्री (रोबोट्स’, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक डिपल ईभीटोल युएभी (Deepal eVTOL UAV), १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरू, ३५ कम्पनीहरू (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शकहरूलगायत रहनेछन् ।


Read Previous

बिवाईडीको सुपरकार याङवाङ यु ९ ट्र्याक एडिसन ३०१९ हर्सपावर क्षमतासहित सार्वजनिक

Read Next

श्रावणको सोमबार सांग्रिला बैंकको मेहन्दी उत्सव कार्यक्रम

Nepal Purbadhar