
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मोहन प्रसाद गौतम रिटार्यड भएका छन् ।
माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीमा प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गौतम बिहिबार रिटार्यड भएका हुन् ।
उनले नेपाल विद्युत प्राधिकरणमा २१ वर्ष ८ महिना सेवा गरे । २०६० सालमा ७ तहबाट प्राधिकरणमा छिरेका गौतम क्षमतावान भएकै कारण त्यसको एक वर्षपछि खुल्ला प्रतिस्पर्धाबाट ८ तहमा नाम निकाल्न सफल भए ।
सुरुमा उनले माथिल्लो तामाकोसीको सम्भाव्यता र पहिचानको काम गरे । त्यसपछि प्राधिकरणको इन्जिनियरिङ निर्देशनालयमा आयोजनाहरुको पहिचानमा काम गरे । २०६४ सालमा प्राधिकरणबाट उनी माथिल्लो तामाकोसी गए ।
त्यसपछि दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको आयोजना प्रमुख भएर काम गरे । उनले त्यहाँ १ वर्ष रहँदा सम्झनलायक थ्रप्रै काम गरे । अन्तर्राष्ट्रिय परामर्शदाताको नियुक्ती गर्न सफल भए । जसले आयोजनाको विस्तृत अध्ययन गर्यो । लामिडाडाँमा साइट कार्यालय राखे ।

उनी २०७३ सालमा त्रिशुली जलविद्युत कम्पनीको सीईओ बने । जसले त्रिशुली ३ बी परियोजना निर्माण गरिरहेको छट । डिटेल डिजाइन, कष्ट इस्टिमेसन,इपीसी कन्ट्रयाक्ट सबैको काम गरे । ६० प्रतिशत भौतिक प्रगति भएपछि उनी ११ तहमा बढुवा भए । २०७९ चैत १४ गतेदेखि माथिल्लो तामाकोसीमा सीईओका रुपमा कार्यरत छन् ।
उनी गएको बैशाखमा उपकार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।
उनी प्राधिकरणबाट रिटार्यड भएपनि उनको अझै २ वर्षे कार्यकाल तामाकोसीमा बाँकी नै छ । २०७९ साल चैत १४ गते उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको थियो ।

उनले आफु प्राधिकरणबाट रिटार्यड भइसकेकाले धेरै समय नरहने जानकारी बोर्डलाइ दिइसकेका छन् । तर आवश्यकता परे सबै खालको सहयोगका लागि तयार रहेको बताएका छन् ।
उनी शान्त स्वभावका व्यक्तित्व हुन् । प्राधिकरणका इमान्दार केहि कर्मचारीको लिष्टमा अग्रपंक्तिमा उनको नाम आउँछ । कर्ममा विश्वास गर्ने गौतमले बाढीले तहसनहस बनाएको माथिल्लो तामाकोसीलाई साइटमै बसेर काम गराएर तोकिएकै दिनमा मर्मत गराउन सफल भए ।

प्राधिकरणका कर्मचारीहरु गौतम जस्तै निष्ठा र आचरण भएको व्यक्ति विरलै भेटिने बताउँछन् । रिटार्यड जीवनबारे गौतमले योजनाहरु सार्वजनिक गरेका छैनन् ।