Nepal Purbadhar

यस्तो छ आयल निगमको नयाँ कर्पोरेट भवन (भिडियो)


काठमाडौं । नेपाल आयल निगमको नयाँ कर्पोरेट भवनको निर्माण सम्पन्न भएको छ । 

बबरमहलस्थित सिंहदरबारबको दक्षिणी गेटसँगै निगमको नयाँ भवन निर्माण भएको हो । निगमले अत्याधुनिक सेवा सुविधा सम्पन्न कर्पोरेट भवन निर्माण गरेको छ । 

निगमको पुरानो भवन २०७२ सालको वेशाखमा आएको भुकम्पका कारण चर्किएको थियो । जसकारण निगमले पुरानो भवनलाई भत्काएर सोही स्थानमा नयाँ भवन बनाएको थियो । 

२०७८ मंसिर १९ गतेबाट निर्माण सुरु भएको भवन ३० महिनाभित्र सम्पन्न गर्ने भनिएतापनि केही समय थप गरि हालसालै भवनको निर्माण सम्पन्न भएको छ । 

नयाँ भवनको लागत ८१ करोड रहेको निगमले जनाएको छ ।

हेर्नुहोस भिडियो


Read Previous

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल, ‘जलविद्युतको विकास राम्ररी गर्न भुमिका खेल्छु’

Read Next

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

Nepal Purbadhar