
काठमाडौं । बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)को आयोजनामा ‘नेपाल मोबिलिटी एक्स्पो’ २०२५ सुरु भएको छ ।
एक्स्पोमा दर्जनौं ब्राण्डहरु सहभागि छन् । ती ब्राण्डका ३५ बढी नयाँ मोडलहरु सार्वजनिक भएका छन् । एक्स्पोलाई अवसरका रुपमा उपयोग गरेर विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन र प्रविधिहरु प्रदर्शनीमा राखेका छन् ।

सोही अवसरमा बिवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बिवाईडी एट्टो वान सार्वजनिक गरेको छ । दुईवटा भेरियन्टमा एट्टो वान सार्वजनिक गरेको हो । गाडीहरुको महाकुम्भ मेलामा बिवाईडी एट्टो वानमा ग्राहकहरु झुम्मिएका छन् । अन्य स्टलमा भन्दा बिवाईडीमा मानिसहरु भीड देख्न सकिन्छ । जसले बिवाईडीप्रतिको ग्राहकको रुचाईलाई प्रतिबिम्वित गर्छ ।
अट्टो वान डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको मूल्य ३२ लाख ९५ हजार रुपैयाँ तोकिएको छ।
चीनमा सिगल, युरोपमा सर्फ जस्ता नामले बिक्री हुँदै आएको यो कार नेपालमा भने एट्टो वान नाम राखेर बिक्री गर्न लागिएको छ । डायनामिक भेरियन्टमा ३०.०८ किलोवाट आवर र लङ रेन्जमा प्रिमियम भेरियन्टमा उपलब्ध छ । जसमा ३८.८८ किलावाटको ब्याट्री प्याक अप छ ।

डायनामिकको रेन्ज २३० किमी र प्रिमियमको ३०० किमी छ ।
एसी र डिसी दुवै खाले चार्जर सपोर्ट गर्छ ।
एट्टो थ्री नेपाली बजारमा अत्यन्त रुचाईको कार हो । एट्टो थ्रीको सफलतापछि नाइमाको अवसर पारेर कम्पनीले एट्टो वान ल्याएको हो । यो बिवाईडीको नेपालमा सबैभन्दा सस्तो मोडल पनि हो ।