Nepal Purbadhar

रिप्पल ग्रुप अफ कम्पनीको साधारण सभा सम्पन्न, नयाँ नेतृत्व चयन


काठमाडौं । रिप्पल ग्रुप अफ कम्पनीको साधारण सभा हालै सम्पन्न भएको छ। सभाले इञ्जिनियर राजन थापाको अध्यक्षतामा ८ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । बोर्डको उपाध्यक्षमा इ. नरेश खड्का निर्वाचित भएका छन् ।
साथै, नयाँ बोर्डले समूहतर्फका विभिन्न कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । आर्किटेक्चर कन्सल्टिङ कम्पनीको सीईओमा आ. विनोद नेपाल, सिभिल तथा जियोटेक्निकल कम्पनीमा इ. राजेन्द्र पौडेल, प्लानिङ तथा वातावरण अध्ययन कम्पनीमा प्लानर इ. छवि अधिकारी, सिभिल कन्स्ट्रक्सन कम्पनीमा इ. अमित प्रसाद तिमल्सेना र इन्टेरियर डिजाइन, कन्स्ट्रक्सन तथा सप्लाई कम्पनीको सीईओमा आ. मधुसुधन बराल साथै विजिनेश डेभलपमेन्टको सीईओमा आ. सुगन्ध सुबेदी नियुक्त भएका छन् ।
३० भन्दा बढी स्थायी कर्मचारी रहेको रिप्पल ग्रुप अफ कम्पनी, इन्जिनियरिङ विधाका बहुआयामिक क्षेत्रका कम्पनी एकै छातामुनी रहेको कम्पनीको रूपमा परिचित छ ।
विदेशिने लहर तीव्र भइरहेका बेला नेपालमै केही गरौँ भन्ने सोचका साथ स्थापित यस ग्रुपमा आवद्ध युवा इन्जिनियरहरूको प्रयास अत्यन्त सराहनीय रहेको
अमित प्रसाद तिमल्सेनाले बताए । यस्ता उदाहरणीय पहलहरूले नेपाली युवा वर्गमा आत्मविश्वास बढाउनुका साथै देशको समृद्धिमा पनि योगदान पुर्‍याउने विश्वास लिइएको छ ।


Read Previous

ईभीको ग्यालमर देखियो नाइमा एक्स्पोमा, हेर्नुस तस्बिरमा

Read Next

विद्युत् निर्यातमा ऐतिहासिक छलाङ: एक वर्षमै साढे १७ अर्बको बिजुली भारत र बंगलादेशलाई बेचियो

Nepal Purbadhar