
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले यस वर्षको ‘पावर समिट २०२५’ को लोगो सार्वजनिक गरेको छ ।
आसोज २९ र ३० गते काठमाडौंमा आयोजना हुन लागेको नवौ संस्करणको पावर समिटका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
सार्वजनिक भएको लोगोमा विशेषत हरियो रंगको प्रयोगबाट हरित ऊर्जालाई झल्काउन खोजिएको छ भने सोलारदेखि वायु ऊर्जालगायतलाई पनि समेटिएको छ । जलविद्युत झल्काउने गरि बाँध तथा प्रसारण लाइनलाई पनि लोगोमा समिटिएको छ ।
यस संस्करणको पावर समिट ‘मिसन २८ हजार ५ सय मेगावट: पावरिङ नेपाल, इनर्जाइजिङ रिजन’ भन्ने मुल नाराका साथ आयोजना हुँदै छ ।